साउन महिनाको दोस्रो सोमबार, काठमाडौं पशुपतिनाथ लगायत देशभरका शिवालयमा घुँइचो
काठमाडौं १३ साउन । साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ लगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबारको दिन भगवान् शिवको आराधाना एवम दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता पनि छ । सोही मान्यता अनुसार साउन महिनाको हरेक सोमबार भक्तजनले ब्रत बसी भगवान शिवाको पूजाआजा गर्ने गर्दछन् । पशुपति दर्शनका लागि आजपनि बिहानैदेखि दर्शनार्थीको घुँइचो लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विगतका पर्व जस्तै आज पनि दर्शनका लागि तीनतिरबाट भक्तजनको लाइन राखिएको छ, पूर्वको ढोका विशेष पूजा गर्नेका लागि पश्चिमको ढोका बोलबम यात्रीका लागि छुट्याइएको छ । नेपालकै पवित्र तीर्थस्थल चितवनको देवघाटमा पनि सोमबारे बोलओम मेला लागेको छ । देवघाटमा मेला भर्न आएका दर्शनार्थीको बिहानैदेखि पूजाआजामा भीड देखिएको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार
ट्याग : #saune sombar
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्