युनिस अन्सारी सहित छ जना करिब आठ करोड नक्कली भारु सहित पक्राउ
काठमाडौं १० जेठ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब आठ करोड भारतीय नक्कली नोटसहित छ जना पक्राउ परेका छन्।सात करोड ७६ लाख ९४ हजार नक्कली भारुसहित शुक्रबार दिउँसो छ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कतारको दोहाबाट रकम लिएर आएका तीन पाकिस्तानी नागरिक र पैसा रिसिभ गर्न विमानस्थल पुगेका तीन नेपाली छन्। पाकिस्तानी नागरिक नासिर उद्धिन, नादिया अनवर, महमद अक्तरलाई विमानस्थल प्रहरी र भन्सारले पक्राउ गरेको हो। रकम रिसिभ गर्न विमानस्थल पुगेका युनिस अन्सारी, सोयर खान र सुजन रानाभाटलाई नेपाल प्रहरीको विशेष ब्युरोले पक्राउ गरेको हो। पक्राउ पर्नेमा अन्सारी पटक–पटक जाली नोट प्रकरणमा पक्राउ पर्दै रिहा हुँदै आएका व्यक्ति हुन्। तीन पाकिस्तानीले विमानस्थलसम्म ल्याएको नोट लिन शुक्रबार उनै अन्सारी विमानस्थल पुगेका थिए। विगत नेसनल टेलिभिजन सञ्चालनमासमेत संलग्न रहेका अन्सारी शुक्रबार प्रतिबन्धित भारु दुई हजारका नोट नेपाल भित्र्याउने क्रममा पक्राउ परेका हुन्। नेपालमा भारतीय २ हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्