राष्ट्रपति भण्डारीले दिइन चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं १६ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङलाई नेपाल भ्रमणको निम्तो दिएकी छिन्। सोमबार ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठकमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइएकी हुन। आफूले चीनको राजकीय भ्रमणको आरम्भ सियानबाट गरेको र उक्त नगरको प्रगतिबाट आफू प्रभावित भएको बताउँदै राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा आफू र आफ्ना दलका सदस्यलाई दिइएको आतिथ्यताका लागि धन्यवाद पनि दिएकी छन् । चिनियाँ राष्ट्रपति सीले अन्तरराष्ट्रिय सहयोगका लागि ‘दोस्रो क्षेत्र र मार्ग मञ्च’मा समकक्षी भण्डारीले राम्रो विचार व्यक्त गरेको उल्लेख गर्दै नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइ दिन आफू तयार रहेको बताइन्।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको पनि सहभागिता थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #rastapati
ताजा खबर
- १ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द
- २जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल
- ३संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
- ४काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद (सूचीसहित)
- ५गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यको रिक्त पदमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस



तपाईको कमेन्ट लेख्नुहोस्