कोरियन भाषा परीक्षाः पहिलो दिन नै ५५ हजारको आवेदन
काठमाडौं ८ चैत । कोरियन भाषा परीक्षाका लागि आबेदन दिनेहरुको बिहानैदेखि बिभिन्न स्थानका बैंकमा बाक्लो लाइन देखिन्थ्यो । शुक्रबार एकै दिन ५५ हजारभन्दा बढी आवेदन परेको छ। आवेदन खुल्ला गरेको पहिलो दिन शुक्रबार ५५ हजार ९४ जनाले आवेदन दिएको इपीएस कोरिया शाखाले जनाएको छ। भाषा परीक्षाका लागि गत वर्ष ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए। तर, यो वर्ष त्यो भन्दा बढिले आवेदन दिने अनुमान छ । चैत १७ गतेसम्म आवेदन दिने म्याद रहेको छ। आगामी वर्षका नेपालीका लागि कोरियाले १० हजार ५० जनाको कोटा निर्धारण गरेर पठाएको छ। कृषि तथा पशुपालनतर्फ ३ हजार र ७ हजार ५० जना उत्पादनमुलक क्षेत्रका लागि तोकिएको छ। आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । परीक्षा शुल्क चौबिस अमेरिकी डलर लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको कमलादी कर्पोरेट शाखाबाहेक जुनसुकै शाखा र आइएमई–पे तथा इ सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ । कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्