दाङ लमहीमा दुर्घटना एक जनाको मृत्यु
दाङ २५ फागुन । दाङको लमहीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–१ नर्ती नजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । लमहीबाट डोढहीका लागि छुटेको रा ५ प १७९३ नम्बरको मोटरसाइकल पावरट्रिलमा ठोक्किँदा मोटरसाइकल चालक लमही–२ निवासी २० वर्षका सुशील चौधरीको मृत्यु भएको हो । उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पावरट्रिलर चालक बुद्धिराम चौधरी र मोटरसाइकलको पछाडि सवार राप्ती गाउँपालिका–६ निवासी अमिस चौधरी घाइते भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्