क लाल दरबार रोधी घरको १८ औँ वार्षिक उत्सब
काठमाडौं । काठमाडौंको गौशालामा रहेको क लाल दरवार रोधी घर, नेपाली कला संस्कृतिलाई जोगाउने अभियानमा निरन्तर क्रियाशिल हुँदै आएको छ । स्थापनाको १८ औँ वर्ष पुरा गरेर १९ औँ वर्षमा प्रवेश गरेको यो रोधी घरले नेपाली लोक भाकाको संरक्षणका साथै लोक कलाकार समेत उत्पादन गर्दै आएको छ ।
आफ्नो १८ बर्षे यात्रा पुरा गरेको अवशरमा क लाल दरबार रोधी घरले विभिन्न कार्यक्रमको आयोजना गरेर कर्मचारीलाई प्रोत्साह गर्ने काम गरेको छ । तीन दिनसम्म वार्षिक उत्सब मनाएको रोधी घरले उत्कृष्ट कर्मचारिलाई सम्मान गरेको छ । ३० जना कर्मचारी कार्यरत रहेको रोधी घरले विभिन्न आरोह अवरोध पार गर्दै आएको छ । चावहिल–गौशाला रात्रिकालिन मनोरञ्जन व्यवसाय संघका अध्यक्ष समेत रहेका रोधी घरका सञ्चालक केशर बुढाथोकी लगानी सुरक्षामै चुनौती रहेको बताउँछन् ।
कोरोना महामारिका कारण लामो समय बन्द रहेको व्यवसाय खुलेको केही महिना भएपनि अझै ग्राहकको उपस्थिति नगन्य हुँदा कर्मचारीलाई तलब दिन र भाडा तिर्न नै धौँ धौँ भएको गुनासो सञ्चालक बुढाथोकीको छ । कलाकार उत्पादन तथा लाखौँलाई रोजगारी दिएको रात्रिकालिन व्यवसायलाई राज्यले सम्मानका साथ हेर्नुपर्ने बुढाथोकीको माग रहेको छ ।
यस्तो देखियो वार्षिक उत्सबमा
क्याटेगोरी : कला र मनोरञ्जन, जीवनशैली, देश/दुनियाँ, समाचार
ट्याग : #क लाल दरवार रोधी घर
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन








तपाईको कमेन्ट लेख्नुहोस्