कति पुग्यो कोरोना परिक्षण
काठमाडौं २८ बैशाख । हालसम्म नेपालमा पीसीआर विधिबाट १६ हजार ८ सय ९८ वटा परीक्षण गरिएका छन् । त्यस्तै, आरडीटी ५६ हजार ५ सय ५० वटा परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६ वटा परीक्षण गरिएका छन् । क्वारेन्टाइनमा कूल १३ हजार ६ सय २५ जना रहेका छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमित १ सय ६४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा नयाँ कोरोनाभाइरसका संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ११० जना संक्रमित फेला परेका छन् । यसमध्ये ७८ जना पुरुष र ३२ जना महिला रहेका छन् । प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० तथा सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । यसमध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, समाचार
ट्याग : #कोरोनाभाइरसका संक्रमित
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्