काठमाडौंमा राहत बितरण गर्दै बर्दियाका ब्यवसायी तथा युवाहरु
काठमाडौं २७ चैत । सरकारले कोराना भाइरसको संक्रमण रोक्न गरेकोले लकडाउनले देश ठप्प छ । लकडाउनकै कारण बर्दियाका काठमाडौंमा कोठा भाडामा बस्ने बिद्यार्थी तथा सर्वसाधारणहरुलाई मध्यनजर गर्दे राहत बितरण गरिएको छ । बर्दिया जिल्ला राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाबाट काठमाडौं आएर ज्यालादारी काम गर्ने मजदुर, कोठा भाडामा लिएर बस्ने विद्यार्थी र अलपत्र परेका सर्वसाधारणलाई आज राहत बितरण गरिएको हो । युवा ब्यवसायी तथा समाजसेबी जनकबहदुर धामी,मोहनराज जोशी,पुरन रोकाया सुदामा, प्रेम माझीहरुले आफनै लगानीमा राहत बाँडिरहेका छन् । उनीहरुले प्रतिब्यक्ती १५ केजी चामल, एक लिटर तेल, दाल, मस्यौरा, प्याज बितरण गरेका हुन् । त्यस्तै सुरक्षाका लागि उनीहरुलाई माक्स पनि बितरण गरिएको छ ।
बर्दियाबाट काठमाडौ बसोबास गरिरहेका करिव ५ सय जनालाई बाड्ने लक्ष्य रहेको समाजसेवी जनकबहादुर धामीले जानकारी दिए । तीन साता लामो लकडाउनमा कोही पनि भोकै बस्न नपरोस भनी आफूहरुले सहयोग गरिरहेको उनीहरुको भनाई छ । राहत पाएपछि शिक्षा तथा रोजगारीका क्रममा काठमाडौंमा बसोबास गरिरहेका बिद्यार्थी तथा सर्वसाधारण खुसी भएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार, स्वास्थ्य
ट्याग : #बर्दियाका युवाहरु
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्