टोकियो ओलम्पिक खेलकुदको दीप प्रज्वलन प्रदर्शनी कार्यक्रम स्थगित
काठमाडौं २६ चैत । जापानले टोकियो ओलम्पिक खेलकुदको दिप प्रज्वलनको प्रदर्शनी स्थगित गरेको छ । कोरोना भाईरसको कारण जापान सरकारले संकटकाल घोषणा गरेसँगै ओलम्पिक दिपको प्रदर्शनी बन्द गरिएको हो । कोरोनाकै कारण एक वर्ष पछि सरेको टोकियो ओलम्पिकको दिप फुकुशिमा प्रान्तमा प्रदर्शनीका लागि राखिएको थियो । प्रधानमन्त्री सिन्जो आबेले रोकोना रोकथामका लागि टोकियोसहित ७ प्रान्तमा संकटकालको घोषणा गरेका थिए । जसको कारण दिपको प्रदर्शनी रोकिएको हो । एक वर्ष स्थगित विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । यस अघि टोकियो ओलम्पिक यहिँ जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । आगामी वर्ष आयोजना हुने भएपनि प्रतियोगिताको नाम टोकियो ओलम्पिक गेम्स २०२० नै रहने भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #जापानले टोकियो ओलम्पिक खेलकुद
ताजा खबर
- १पार्टीलाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको आग्रह
- २पार्टी कार्यालय नगएर निजी घरमा बालेनको दिनभर भेटघाट
- ३राष्ट्रिय सभामा कांग्रेस बन्यो पहिलो दल, गठबन्धनले पायो सार्थकता
- ४राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह
- ५रुकुम पश्चिममा जनार्दन शर्मालाई एमालेको साथ



तपाईको कमेन्ट लेख्नुहोस्