निरा र बिजयको बुकी सार्वजनिक
काठमाडौं ६ पुस । नेपाली लोक दोहोरी क्षेत्रका चर्चित व्यक्तित्व एवं गायक राजु परियार र लोकप्रिय गायिका निरा छन्त्यालको सुमधुर आवाजमा सजिएको गीत बुकी सार्बजनिक भएको छ । सुतली, पलाश जस्ता चर्चित गीत सृजना गरेर दर्शकको मन जित्न सफल लोकप्रिय सर्जक बिजय चन्द (दर्पण) को शब्द र चर्चित गायक एवं संगितकार राजेश खड्का (सानु) ले लय तथा संगीत भरेको गीत चर्चित गायिका निरा छन्त्यालको अफीसियल युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो । गामबेसी डिजिटल स्टुडियोमा रेकर्ड भएको बुकी लाई तिलक ओलीले एरेन्ज गरेका छन् । बुकी को भिडियो कोरियोग्राफर, निर्देशन चर्चित कलाकार शंकर बि.सी. ले गरेका छन् । साथै यसको भिडियोमा शंकर बि सी सँगै बोल माया, गल्बन्दी लगायतका थुप्रै चर्चित गीतमा अभिनय गरेर सबै श्रोता दर्शकको मन जित्न सफल मोडल अञ्जली अधिकारीले अभिनय गरेका छन् । जसमा बाल कलाकारको भुमिका खुशी कट्टेलले निर्वाह गरेकी छन् । यस गीतका सर्जक बिजय चन्द (दर्पण) ले यस अघिका गीतलाई रुचाइदिए जस्तै यस गीतलाई पनि धेरैले रुचाउनेमा बिश्वस्त भएको प्रतिक्रिया दिए । त्यसैगरी संगीतकार राजेश खड्का (सानु) ले पनि यस गीतले दर्शक श्रोताको मन जित्नेमा ढुक्क रहेको जानकारी दिए ।
हेर्नुहोस भिडियो
क्याटेगोरी : कला र मनोरञ्जन, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #बुकी सार्वजनिक
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्