देशभरका भन्सार ब्यवस्थित गर्न कानुन बनाइने
काठमाडौं १६ साउन । अर्थमन्त्री डाक्टर युवाराज खतिवडाले देशभरका भन्सारहरुको व्यवस्थापन चुस्त बनाउन सरकार सक्रिय भएको बताएका छन् । काठमाडौंमा आयोजित भन्सार व्यवस्थापन सम्बन्धी गोष्ठिमा बोल्दै अर्थमन्त्री खतिवडाले भारतसंग खुल्ला सिमा भएकोले भन्सारमा बेला बेलामा समस्या आउने गरेको स्वीकार गरे । उनले पहिलेकै ढांचा अनुसार चलेको भन्सारहरुमा गत वर्षमा केहि व्यवस्थापन राम्रो बनाए पनि विभिन्न निकायको लापरवाहीले अपेक्षाकृत सुधार हुन सकेको बताए । देशभरका भन्सारहरुमा व्यापार तथा राष्ट्रिय उद्योगलाई संरक्षण गर्ने, उपभोक्तालाई सहज रुपमा सामान आयात निर्यात गर्ने लगायतका विषयलाई व्यवस्थि गर्न संसदबाट कानुन पारित गर्ने तयारी भैरहेको अर्थमन्त्री खतिवडाको भनाई छ । मन्त्री खतिवडाले गत आर्थिक वर्षमा २२ वटा भन्सारमा बैंकिङ लगायतका अन्य सुविधाहरु समेतको व्यवस्था मिलाएको र यो आर्थिक वर्षमा २३ वटा भन्सारहरुको व्यवस्थापनको लागी सरकार लागी परेको जानकारी दिए । मन्त्री खतिवडले पछिल्लो केही समययता आयात दर घटिरहेको पनि बताएका छन् ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्