हुम्लामा दुर्घटना भएको जीप अझै फेला परेन
हुम्ला ३ असार । हुम्लामा भएको जीप दुर्घटनाको उद्दारमा समस्या भएको छ। गोताखोर नहुँदा कर्णाली नदीमा खसेको जीप अझै भेटिएको छैन् । गोताखोर नहुँदा घटना भएको तीन घण्टासम्म पनि जीप र यात्रुको अवस्था पत्ता लागेको छैन। कर्णाली नदी धमिलो र बहाव बढेकाले जीपको अवस्था पत्ता लगाउन समस्या भएको हो। हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही सहित दश जना यात्रु बोकेको लु १ ज ७१६६ नम्बर जीप कर्णाली नदीमा खसेको थियो । घटनामा परि वेपत्ता हुनेमा उपाध्यक्ष शाहीसहित, डाइभर मणि शाही, चन्द्र हमाल, ढुक्कु भण्डारी, वसन्ती शाही, नन्ददेवि सिंह, कौर विक र उनका दुई वर्षिया बालक, गोकुल सुनार र काठमाडौं थानकोटका एक जना रहेको प्रहरीको जनाएको छ। अन्य सबै खार्पुनाथ गाउँपालिका स्थानीय रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक राजेन्द्रबहादुर सिंहले जीप खोजी कार्य तीब्र बनाइएको बताएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #breeking
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्