पछि हटे फेरि प्रधानमन्त्री ओली, संबैधानिक परिषदको बैठक स्थगित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफनो कमदबाट फेरि पछि हटेका छन् । अध्यादेश फिर्ता लिने सहमति तोड्दै बोलाइएको संवैधानिक परिषदको बैठक प्रधानमन्त्री ओलीले फेरि स्थगित गरेका छन् ।
अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार ५ बजे परिषदको बैठक बोलाएका थिए । तर, प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने बताएका थिए ।
सत्तारुढ नेकपाका नेताहरुले समेत आपत्ति जनाएपछि परिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई समेत नबोलाएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्