२१ औं मुक्त कमैया दिवस, अझै पुर्नस्थापना बाँकी
काठमाडौं । दाङसहित पश्चिम नेपालका जिल्लामा आज २१ औं मुक्त कमैया दिवस मनाइँदै छ । तत्कालीन सरकारले कमैया मुक्त घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष असार २ गते मुक्ती दिवस मनाउने गरिएको छ । सरकारले कमैया मुक्तीको घोषणा गरेपनी अझै मुक्त कमैयाहरुको पुर्नस्थापना हुन सकेको छैन । ऐलानी जग्गा, वन क्षेत्र, खोलाको किनारमा मुक्त कमैया बस्दै आएका छन् ।
जग्गाको लालपुर्जा प्राप्त हुन सकेको छैन । दाङ जिल्लामा सरकारले परिचय पत्र उपलब्ध गराएको मुक्त कमैयाको संख्या एक हजार ४ सय २६ जना रहेको छ । अझै धेरै कमैयाको लगत संकलन गर्न बाँकी छ । ३० जना मुक्त कमैयाको जग्गा सट्टा भर्ना गर्न बाँकी छ । भूमिसुधार कार्यालय मार्फत हरेक वर्ष मुक्त कमैया पुर्नस्थापनाको लागी बजेट प्राप्त हुने गरे पनि त्यो बजेट प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा फिर्ता जाने गरेको छ । मुक्त कमैयाहरुको पुर्नस्थापना, छुट कमैयाको लगत संकलन गर्न अझै छ ।
क्याटेगोरी : जनगुनासो, राजनीति, समाचार
ट्याग : #मुक्त कमैया दिवस
ताजा खबर
- १‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
- २पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
- ३नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- ४कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ५कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?



तपाईको कमेन्ट लेख्नुहोस्