किराँतीले मागे प्रधानमन्त्री ओलीको राजीनामा
काठमाडौं १३ चैत । पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । किराँतीले ओलीले राजीनामा नदिए सडक आन्दोलनबाट उनलाई विस्थापित गर्ने समेत चेतावनी दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गरी अध्यक्ष किरातीले ‘खड्ग ओली सरकारले तुरुन्त राजीनामा गरी विप्लव नेकपासँग वार्ता र राष्ट्रिय एवं जनहितको मार्गप्रशस्त गर्न हाम्रो पार्टी विशेष आग्रह गर्छ भनी उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले राजीनामा नदिए उनलाई विस्थापित गर्न सडक आन्दोलनको निर्णायक तयारी गर्नुपर्ने किरातीले जिकिर गरेका छन् । किराँतीले विप्लवमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग पनि गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्