चुरोट, मदिरा,पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडमा मूल्यवृद्धि
काठमाडौं १६ जेठ । बजेटले पेट्रोल, डिजेलबाट पूर्वाधार कर बापत थप एक रुपैयाँ उठाउने नीति लिएको छ । हाल यो शीर्षक सडक मर्मतसम्भार कर अन्तर्गत पेट्रोलबाट चार रुपैयाँ र डिजेलबाट दुई रुपैयाँ प्रति लिटर असुल हुँदै आएको छ । १ साउनदेखि पेट्रोलबाट पाँच रुपैयाँ र डिजेलबाट तीन रुपैयाँ कर उठाउन सुरु हुनेछ । मदिरामा औसत १० प्रतिशतका दरले अन्तःशुल्क बढाइएको छ । सुर्तीजन्य पदार्थको अन्तःशुल्कमा १२ प्रतिशत वृद्धि भएको छ । फलफूल जुस र ड्राइफुड तथा जंकफुडमा अन्तःशुल्क र भन्सार वृद्धि भएको छ । सिमेन्ट फलामे डन्डीमा पनि १० प्रतिशत अन्तःशुल्क बढाइएको समाचार नयाँ पत्रिका दैनिकमा छ ।
क्याटेगोरी : अर्थ, पत्रपत्रिका, प्रमुख समाचार
ट्याग : #bajet
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्