१० हजार शिक्षक करारमा नियुक्त गर्ने तयारी
काठमाडौं १६ चैत । विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र शिक्षक महासंघका पदाधिकारीसँग भएको छलफलमा यस्तो अवधारणा अघि बढाइएको हो । शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण भएका शिक्षकलाई करारमा नियुक्ति गर्न नसक्ने भएपछि मन्त्रालयले आउँदो एक साताभित्र करार शिक्षक नियुक्ति गर्न ढोका खुला गर्ने तयारी गरेको हो । शिक्षा ऐनमा फेल भएका शिक्षकले स्वतः अवकास हुने व्यवस्था भएपछि सरकारले तत्काल समस्या समाधान गर्न ती शिक्षकलाई पुनः नियुक्ति दिइने हल्ला चलेको थियो । यो समाचार नेपाल समाचारपत्रमा छापिएको छ ।
क्याटेगोरी : पत्रपत्रिका, समाचार
ट्याग : #hot
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्