७.१ प्रतिशतको आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौं २३ जेठ । विश्व बैंकले चालु आर्थिक वर्ष २०१९ मा नेपालमा ७ दशमलव १ प्रतिशतको आर्थिक वद्धि हुने प्रक्षेपण गरेको छ । एक प्रतिवेदन सार्वजनिक गर्दै सेवा क्षेत्रमा मात्रै ७ दशमलव ५ प्रतिशतले विस्तार हुने जनाएको हो । विश्व बैंकले खुद्रा ब्यापार, होटल र रेस्टुरेन्ट लगायतको उपक्षेत्रमा पनि प्रगति भएको उल्लेख गरेको छ । विश्व बैंकले सेवा र कृष क्षेत्रको योगदानको बलमा नेपालको अर्थतन्त्रको विस्तार द्रुत गतिमा हुन थालेको समेत जनाएको छ । पर्यटन आगमन बढेको र त्यसले पनि सेवा क्षेत्रको विस्तारमा योगदान दिएको विश्व बैंकले जनाएको छ । यस्तै, रेमिट्यान्सको वृद्धिले निजी उपभोगमा पनि वृद्धि गरेको बैंकले बताएको छ । कृषि क्षेत्रमा मात्रै ५ प्रतिशतको वृद्धि देखिने भन्दै उसले यो ३० वर्षको औसत ३ दशमलव १ प्रतिशत भन्दा उच्च भएको बताएको छ । यसका लागि सही समयमा भएको राम्रो वर्षा पनि कारण रहेको बैंकको ठहर छ । यस्तै बढ्दो ब्यापारीकण, मल र बीउको सहज उपलब्धता, सिँचाइ पूर्वाधारको विस्तारले कृषि क्षेत्रको विस्तार गर्न सहयोग पुगेको रिपोर्टमा जनाइएको छ । औद्योगिक उत्पादनको वृद्धिदर पनि सुखद रहेको बताएको छ । यो वर्ष ८ दशमलव १ प्रतिशत औद्योगिक वृद्धिदर पुग्ने जनाएको छ । निजी लगानी र उपाभोग बढनुले नै ७ अंक माथिको आर्थिक वृद्धिको मुख्य भूमिका खेलेको विश्व बैंकको दाबी छ । उसले यो वर्ष ४ दशमलव १ प्रतिशतको मूल्यवृद्धि हुने बताएको छ । यो वर्ष औद्योगिक वस्तुको आयात बढ्दा त्यसको लाभ अर्थतन्त्रलाई भएको रिपोर्टमा जनाइएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्