भारतमा ‘पिएम नरेन्द्र मोदी’ फिल्म प्रदर्शनमा रोक
काठमाडौं २७ चैत । भारतको निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बनेको चलचित्र ‘पिएम नरेन्द्र मोदी’ फिल्मको प्रदर्शनमा रोक लगाएको छ।समाचार एजेन्सी एनएआईका अनुसार निर्वाचन आयोगले ‘पीएम नरेन्द्र मोदी’, ‘एनटीआर’ र ‘उद्यमा सिम्हम’ फिल्मविरुद्ध परेको उजुरीमाथि सुनुवाई गर्दै यी चलचित्रको प्रदर्शनमा लोक लगाउने निर्णय गरेका हो। फिल्म आचारसंहिताको विपरीत रहेको भन्दै निर्वाचन आयोगले आचारसंहिता लागु हुन्जेल यी चलचित्रहरुलाई कुनैपनि इलेक्ट्रोनिक मिडिया र चलचित्र हलहरुमा प्रदर्शन नमिल्ने जनाएको छ। रोक लगाइएका फिल्म मध्येपनि प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमाथि बनेको चलचित्र ‘पीएम नरेन्द्र मोदी’ व्यापक चर्चामा रहेको छ। पछिल्लो केहि समयदेखि विवादको केन्द्रमा रहेको यो फिल्ममाथि पदर्शन हुनुभन्दा एक दिन अगाडी रोक लगाइएको छ। फिल्मको प्रदर्शन मिति अप्रिल ११ बिहीबारको लागि तोकिएको थियो। निर्वाचन आयोगका तर्फबाट लगाइएको यो प्रतिबन्ध चुनाव नसकिएसम्म कायम रहनेछ। यो चलचित्रमाथि चुनावको समयमा प्रधानमन्त्री नरेन्द्र मोदीको छविलाई राम्रो देखाउन खोजेको आरोप लाग्दै आएको थियो। तर यस चलचित्रसंग जोडिएका व्यक्तिहरुले यसलाई गलत भएको दावी गर्दै आएका छन्। उमंग कुमारको निर्देशनमा बनेका चलचित्रमा अभिनेता विवेक ओबराय प्रधानमन्त्री मोदीको भुमिकामा देखिएका छन्। यो फिल्मको सुरुदेखि नै तिव्र विरोध भइरहेको थियो। चलचित्रको प्रदर्शनमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमासमेत मुद्दा दायर गरिएको थियो। तर सर्वोच्च अदालतले चलचित्रबाट आचारसंहिता उल्लंघन भएको छ कि छैन भनेर हेर्ने काम निर्वाचन आयोगको भएको भन्दै मुद्दा खारेज गरेको थियो। अदालतको आदेशको भोलीपल्ट बुधबार निर्वाचन आयोगले यस बायोपिकको प्रदर्शनमाथि रोक लगाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमाथि बनेको यो फिल्म पहिले ५ अप्रिलमा प्रदर्शन हुने भनिएपनि पछि यसको प्रदर्शन मिति अप्रिल ११ मा सारिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विदेश
ट्याग : #indina
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्