प्रचण्ड अमेरिका जाँदै,पत्नी सीताको उपचारमा
काठमाडौं ३ चैत । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार पत्नी सीताको उपचारका लागि अमेरिका जादै छन् । उनको साथमा परिवारका केही सदस्यका साथ अमेरिका जाने बताइएको छ । पार्किन्सन रोगसहित चिन्ता र अन्य केही शारीरिक तथा मानसिक समस्याले ग्रस्त भएपछि अध्यक्ष प्रचण्ड पत्नीको उपचारका लागि अमेरिका जान लागेका हुन्। यसअघि सीताको उपचार भारत र सिंगापुरमा भए पनि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सकेको छैन। अध्यक्ष दाहाल र पत्नी सीताका साथ उनका छोरीज्वाइँ गंगा र जीवन पनि अमेरिका जानेछन्। झण्डै दुई महिना पहिले नै पनि पत्नी सीताको उपचारका लागि त्यसतर्फ जान लागेका नेकपा अध्यक्ष दाहालले भेनेजुयला प्रकरणमा अमेरिकाको तीव्र आलोचना गरेपछि अमेरिका जाने कार्यक्रम स्थगित गरेका थिए । भेनेजुयला प्रकरणपछि अमेरिकी राजदूत र्यान्डी बेरीले उनलाई निवासमै भेटेर अमेरिकाका लागि निम्तो दिइकी थिइन । यसअघि २००८ सेप्टेम्बरमा २०६५ असोजमा संयुक्त राष्ट संघको साधारण सभामा प्रधानमन्त्रीको हैसियतमा भाग लिन दाहाल त्यसतर्फ गएका थिए।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, स्वास्थ्य
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्