प्रधानमन्त्रीबाट हटाउन ओलीले दिए प्रचण्ड–माधवलाई चुनौति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल पक्षलाई आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउन चुनौती दिएका छन्। झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा औद्योगिक पार्क शिलान्यास कार्यक्रममा ओलीले यस्तो चेतावनी दिएका हुन्। ‘उहाँहरु मसँग हात थाप्दै हुनुहुन्छ राजीनामा गरिदिनुस् भनेर,’उनले भने, हटाएर देखाउनुस्। अविश्वासको प्रस्ताव ल्याएर हटाउन सक्नुभएछ भने जनताबाट फेरि दुई तिहाइ बहुमत ल्याएर आइन्छ।’ उनले चिन्ता नमान्न नेता–कार्यकर्तालाई आग्रह गर्दै लोकतन्त्रलाई तलमाथि हुन नदिइने बताए।
ओलीले दाहाल–नेपाललाई ‘झुसे बारुला’ को संज्ञा दिँदै फुर्ति नलाउन चेतावनी दिए। ‘एउटा हेल्लो भन्ने अर्को कम्फर्टबेल। यी दुईवटा मिस्टरहरुले बर्बाद पार्न चाहेका छन्,’ उनले भने,‘फुटाएर हिँड्ने ध्यानै पदमा छ। पदबाहेक केही छैन। पद, पैसा र परिवारमा ध्यान छ।’ प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम सर्वोच्च अदालतले बदर गरेको विषयमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले गल्ती नगरेर जिन्दगीमा मुद्दा हार्दै आएको व्यक्ति भएको बताए। ‘गल्ती नगर्ने तर मुद्दा हार्दै आएको हुँ।
नेपाली जनताले मलाई प्रधानमन्त्री बनाइदिएको हो,’उनले भने,‘प्रतिनिधिसभा पुनःस्थापना भयो, राम्रै भयो।’ सत्ता सहकार्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेताहरुसँग दाहाल नेपालले भेट गरेको विषयमा बोल्दै उनले संसद् पुनःस्थापना भइसक्यो, अब प्रभुले प्रधानमन्त्री स्वीकार दिनुपर्यो भन्दै निवेदन हाल्ने काम गरेको आरोप लगाए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रचण्ड–माधवलाई चुनौति, #प्रधानमन्त्री केपी शर्मा
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्