बालुवाटारमा ओली पक्षीय सांसदको भेला, लेखराज भट्ट गए, रामबहादुर थापा बादल गएनन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा बोलाइएको सांसदहरुको भेला बालुवाटारमा जारी छ । सरकारी निवास बालुवाटारमा जारी बैठकमा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल नेकपा महासचिव विष्णु पौडेल, नेता सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत सहभागी छन् ।

भेलामा मन्त्रीहरुसहित ७० भन्दा बढी सांसद र नेताहरु सहभागी रहेको बताइएको छ । ओलीपक्षीय भेलामा गृहमन्त्री रामबहादुर थापा भने उपस्थित छैनन् ।प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि छन् ।
लेखराज भट्टसमेत सहभागी छन् । गृहमन्त्री बादल भने बालुवाटारको बैठकमा नगई छुट्टै परामर्श गरिरहेका छन् । संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ । प्रचण्ड–माधव नेपाल पक्षले पनि आजै सांसदहरुको अलग्गै बैठक बानेश्वरमा बोलाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #गृहमन्त्री रामबहादुर थापा, #प्रधानमन्त्री केपी शर्मा
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्