संबैधानिक परिषद्को बैठक सकियो, प्रधानमन्त्री पुगे शितलनिवास
काठमाडौं । अध्यादेश ल्याएर परिवर्तित व्यवस्थाबमोजिम बसेको संवैधानिक परिषद्को बैठक विनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संवैधानिक परिषद्का कामका विषयमाथि छलफल भएपनि कुनै निर्णय नभएको बताइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित परिषद्का सदस्यहरू राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहभागी थिए ।
मंगलबार बिहान दोस्रोपटक बोलाइएको परिषद्को बैठकमा समेत गणपूरक संख्या नपुगेपछि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर ऐन नै परिवर्तन गरी बैठक बसेको थियो । परिषद्को सदस्यमा बहाल रहेका प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा भने बैठकमा सहभागी भएनन् ।
त्यस्तै, संवैधानिक परिषदको बैठक लगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग छलफल गर्नुभएको छ । परिषदको बैठक सकेपछि साँझ साढे सात बजेतिर ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि राष्ट्रपति कार्यालय शितल निवास पुग्नुभएको थियो । राष्ट्रपतिसँग भएको छलफलबारे भने कुनै जानकारी दिइएको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #संवैधानिक परिषद्को बैठक
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्