फेरि सुरु भयो सुनाकोठी–चापागाउँ सडकखण्डमा आन्दोलन
काठमाडौं । ललितपुरको सुनाकोठी–चापागाउँ सडक विस्तारका नाममा भत्काएर अलपत्र छाडिएको वर्षौं भइसक्दा पनि कालोपत्रे नगरिएको भन्दै स्थानीय फेरि आन्दोलित भएका छन् । नेवाज् क्लब र स्थानीयहरुले संयुक्त रुपमा सडक बनाउन दबाब दिदै आइतबार बिहानैदेखि सडक अवरुद्ध गरेका हुन । आन्दोलनको सुरुवात सोमबारदेखि भएको हो । सुनाकोठी, ठेचो, चापागाउँ सडक खण्ड विस्तारको गर्ने भन्दै भत्काइए पनि ठेकेदारले वर्षौंसम्म सडक अलपत्र छाडेपछि स्थानीयले गत वर्ष सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए । पछि सडक खुलाउने विषयमा सहमति भएपनि हालसम्म सडक निर्माण हुन नसकेको स्थानीयको गुनासो छ ।
सहमति भएको एक वर्ष पुगिसक्दा पनि सडक कालोपत्रे नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको स्थानीय बताउँछन् । सडक भत्काएको वर्षौसम्म पनि सडक निर्माण सम्पन्न नहुँदा यहाँका स्थानीयले धुलो र धुवाको सास्ती खेपिरहेका छन् । यसअघि वार्ता मार्फत माग सम्बोधन गर्ने सम्झौता भएपनि माग सम्बोधन नभएका कारण आक्रोशित भएका स्थानीय यसपटक कुनै पनि वार्तामा नबस्ने र सडक कालोपत्रे नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् ।
२०७१ सालमा ललितपुरको सातदोबाटोदेखि चापागाउँको टाहाखेलसम्मको सडक दायाँ–बायाँ ११/११ मिटर फराकिलो बनाउने गरी ठेक्का सम्झौता भएको थियो । सडक निर्माणको ठेक्का शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएपनि सडक फराकिलो बनाउने भन्दै कतिपय स्थानमा घर र अन्य संरचना भत्काएर अलपत्र छाडिएको छ । मुआब्जा पनि नदिने र भत्किएको सडक पनि नबनाएर सास्ती थप्ने भन्दै स्थानीय सरकार र ठेकेदार दुबैसँग आक्रोशित बनेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #ललितपुरको सुनाकोठी–चापागाउँ सडक
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्