२८ औं दिनमा तोडे डाक्टर गोविन्द केसीले अनसन,अस्पतालकै कर्मचारीबाट खाए जुस
काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न माग गर्दै अनसनरत डाक्टर गोविन्द केसीले २८ औँ दिनमा सत्याग्रह तोडेका छन्। डाक्टर केसीले त्रिवि शिक्षण अस्पतालको आगनमा अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस खाएर सत्याग्रह तोडेका हुन्। विकास नेपाली कोरोना संक्रमण भएर निको भएका कर्मचारी हुन्।

डाक्टर केसी र सरकारी टोलीबीच शनिबार राति ११ बजे ८ बुँदे सहमति भएपछि उनी सत्याग्रह तोड्न सहमत भएका थिए । शनिबार राति ११ बजे त्रिवि शिक्षण अस्पतालमा सरकार र डाक्टर केसी पक्षका प्रतिनिधिबीच भएको वार्तापछि ८ बुँदे सहमति भएको थियो।

सहमति पत्रमा सरकारका तर्फबाट सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा गोविन्द केसीले हस्ताक्षर गरेका थिए। उक्त सहमतिपछि केसीले १९ औँ सत्याग्रहको २८ औँ दिनमा अन्त्य गरेका हुन्।
के छ सहमतिको ८ बुँदामा

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #गोविन्द केसी, #जुस खाएर सत्याग्रह तोडे
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्