काठमाडौं उपत्यकामा विहान सवा ९ बजेसम्म तरकारी तथा खाद्यान्न पसल खोल्न पाइने
काठमाडौं । उपत्यकाका तीन जिल्लामा बिहान सवा ९ बजेसम्म तरकारी तथा खाद्यान्न पसल खोल्न पाइने निर्णय गरिएको छ । उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरिएको हो ।
किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । औषधी पसलको हकमा भने कुनै रोकतोक नलगाइएको प्रशासनले जनाएको छ । बिहान ७ बजे नै प्रहरीले पसल बन्द गराउन लगाएको भन्ने गुनासो आएपछि उपत्यकाको तीन प्रमुख जिल्ला अधिकारीहरुको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि बुधबारमध्यरातदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ । गत मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले भदौ १० गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #उपत्यकाका तीन जिल्ला, #कोरोनाभाइरस संक्रमित
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्