Techie IT
  • ३१ भदौ २०८२, मंगलबार

अव एक बोतल पानीको मूल्य १६ र जारको ५० रुपैयाँ


काठमाडौं । बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मुल्य तोकिएको छ । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको पानीको मुल्य १६ रुपैयाँ तोकिएको हो । वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतल बन्द पानीको न्युनतम मूल्य तोकेको हो ।

विभागद्धारा असार २५ गते गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको छ । अव एक जार प्रशोधित पिउने पानीको अधिकतम् खुद्रा मूल्य ५० रुपैयाँ तोकिएको हो । विभागले तोकेको नयाँ मूल्य भदौबाट लागु हुनेछ ।

प्रशोधित पानी प्रतिजार डिस्ट्रीब्यूटर मूल्य ३५ रुपैयाँ तोकिएको छ । प्रशोधित पानी १ लिटर बोटल प्रति कार्टुनको डिस्ट्रीब्यूटर मूल्य भने १ सय ३० प्रतिकार्टुन कायम गरिएको बिभागले जनाएको छ ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #जार प्रशोधित पिउने पानी, #बोतलको प्रशोधित पानी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं