डोटीमा घर भत्किदा ४ जनाको मृत्यु
डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ मा गएराति घर भत्किदा आमा र छोराछोरीसहित चार जनाको मृत्यु भएको छ । चार जना गम्भिर घाईते भएका छन् । आदर्श गाउँपालिका १ खलखडाका लोगे लुहारको घर राति करिब १ बजेतिर भत्किएको हो । घर भत्किदा घरमा सुतिरहेका लुहारकी श्रीमती २६ वर्षिया विष्ना लुहार, १० वर्षीय छोरा पारस, छोरीहरु पाँच वर्षीया सिरु र नौ महिनाकी कटीको मृत्यु भएको हो ।
घटनामा घरधनी ३० वर्षिय लोगे, लोगेकी ५२ वर्षिया आमा पाना, ६० वर्षिया सासु झाँकरी विक र १२ वर्षीय साला ईन्द्र बिक घाईते भएको आदर्श गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बमबहादुर खड्काले जानकारी दिए । घाईतेहरुलाई उपचारका लागि दिपायल ल्याईदैछ । घटनास्थलमा अहिले प्रहरी पुगेर उद्धार कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #घर भत्किदा, #चार जनाको मृत्यु
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्