डोटीमा घर भत्किदा ४ जनाको मृत्यु
डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ मा गएराति घर भत्किदा आमा र छोराछोरीसहित चार जनाको मृत्यु भएको छ । चार जना गम्भिर घाईते भएका छन् । आदर्श गाउँपालिका १ खलखडाका लोगे लुहारको घर राति करिब १ बजेतिर भत्किएको हो । घर भत्किदा घरमा सुतिरहेका लुहारकी श्रीमती २६ वर्षिया विष्ना लुहार, १० वर्षीय छोरा पारस, छोरीहरु पाँच वर्षीया सिरु र नौ महिनाकी कटीको मृत्यु भएको हो ।
घटनामा घरधनी ३० वर्षिय लोगे, लोगेकी ५२ वर्षिया आमा पाना, ६० वर्षिया सासु झाँकरी विक र १२ वर्षीय साला ईन्द्र बिक घाईते भएको आदर्श गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बमबहादुर खड्काले जानकारी दिए । घाईतेहरुलाई उपचारका लागि दिपायल ल्याईदैछ । घटनास्थलमा अहिले प्रहरी पुगेर उद्धार कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #घर भत्किदा, #चार जनाको मृत्यु
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्