एकैदिन विश्वमा २ लाख ३८ हजारभन्दा धेरैमा कोरोना संक्रमण, २ लाखभन्दा धेरै निको
काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ३८ हजारभन्दा धेरैमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै धेरै संक्रमण हो । केही समययता नयाँ बिरामी थपिने क्रम बढेकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै बिरामी थपिएका हुन ।
यसअघि हिजो २ लाख १८ हजार र अस्ति २ लाख २४ हजार बिरामी थपिएकामा २४ घण्टामा २ लाख ३८ हजार नयाँ बिरामी थपिएका हुन् । योसँगै विश्वभर सङ्क्रमितको सङ्ख्या १ करोड ६८ लाख ७४ हजार नाघेको छ । जसमध्ये १ करोड ४ लाख ३३ हजार मानिस उपचारपछि निको भएका छन् ।
२४ घण्टामा २ लाखभन्दा धेरै निको भएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ६१ हजार, भारतमा साढे ४९ हजार र ब्राजिलमा ४१ हजार कोरोना संक्रमित थपिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, साहित्य
ट्याग : #कोरोना भाइरस, #विश्वभर
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्