३ सय ८० वैदेशिक रोजगार कम्पनी खारेजको खतरामा
काठमाडौं । देशभरका म्यानपावर कम्पनी खारेज हुने चरणमा पुगेका छन् । सरकारले २०७५ /०७६ र २०७६ /०७७ मा प्रत्येक बर्ष कम्तिमा १ सय कामदार रोजगारिका लागि पठाएको प्रमाणको आधारमा मात्रै कागजातसहित नविकरण गर्न आउन निर्देशन दिएसँगै म्यानपावर कम्पनीहरु दर्ता नबिकरण हुन नसक्दा खारेज हुने अवस्थामा पुगेका हुन् । कोरोेना महामारीका कारण ब्यवसायीले वैदेशिक रोजगारीका लागि कामदार पठाउन नसकेको अवस्थामा पनि सरकारले कुनै निर्णय नगरी अन्याय गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले तत्काल कुनै निर्णय नलिए लगातार दुई आर्थिक वर्षमा एक एक सयका दरले कामदार पठाउन नसकेका ३ सय ८० वैदेशिक रोजगार कम्पनी खारेज हुने भएका छन् । वैदेशिक रोजगार विभागले एक सय कामदार पठाउन सक्ने कम्पनीको मात्रै नवीकरण गरेको सँगै यो समस्या देखिएको हो । असार मसान्तभित्र नवीकरण नहुने कम्पनीले कामदार पठाउन नपाउने समेत विभागले जनाएको छ ।
विभागका अनुसार वैदेशिक रोजगार ऐन अनुसार एक सय कामदार नपठाउने कम्पनीको नवीकरण गर्न नमिल्ने बिभागका महानिर्देशक कुमार दाहलले बताए । यद्यपि तोकिएको मिति असार मसान्त सम्म भएतापनि प्रति महिना १० हजार हर्जाना जरिवाना तिरेको खण्डमा असोज मसान्तसम्म आवश्यक कागज सहित नवीकरण गर्न सकिने विभागले जनाएको छ । संशोधित वैदेशिक रोजगार ऐनको दफा १३ (घ २) मा लगातार दुई वर्षसम्म वार्षिक एक सय जना पनि कामदार पठाउन नसके विभागले इजाजतपत्र रद्द गर्न सक्ने व्यवस्था छ ।
वैदेशिक रोजगार व्यवसायी संघले कोरोना भाइरसका कारण कामदार पठाउन फागुन २६ देखि नै बन्द भएकाले नवीकरण प्रक्रियामा सहजीकरण गरिदिन वैदेशिक रोजगार व्यवसायि महासंघले सरकारसँग माग गरेको छ । महासंघले आफुहरुको माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । सघंका वरिष्ठ उपाध्याक्ष कमल तामाङ्क विश्वव्यापी रुपमा महामारी रहेको अवस्थामा र करिव ४ महिना यता आवतजावतामा रोक लगाईएको अवस्थामा पनि सय जना कामदार पु¥याउनु पर्ने निति गलत भएको भन्दै आक्रोसित बनेका छन् । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्न भन्दै म्यानपावर कम्पनीको धरौटी वृद्धि गर्नुका साथै वार्षिक एक सय कामदार पठाउनुपर्ने व्यवस्था सहितको ऐन संशोधन गरी लागू गराएका थिए । कोरोनाको महामारीले ब्यवसायीलाई संशोधित ऐन निल्नु न ओकल्नु भएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #बैदेशिक रोजगार विभाग
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्