नेपागञ्जबाट एकै साथ २१ जना कोरोनाका बिरामी डिस्चार्ज
काठमाडौं । बाँकेको नेपालगञ्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना संक्रमितहरु उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । बाँकेका पहिलो संक्रमित ६० बर्षिय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट मुक्त भएर घर फर्किएका हुन् । दोस्रो पटक गरिएको पिसिआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि २० दिनको अस्पताल बसाई पूरा गरेर उनीहरु घर फिर्ता पठाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
अव सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा ४ जना संक्रमितको उपचार भइरहेको छ । अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो संक्रमण पुष्टि भएको थियो । हाल नेपालगञ्जमा मात्रै संक्रमितको संख्या १ सय १ पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोनाका बिरामी डिस्चार्ज
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्