राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं २० बैशाख । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितल निवास पुगेर फर्किएका छन् । पार्टीभित्रैबाट प्रधानमन्त्रीको राजीनामा मागिएपछि अप्ठेरोमा परेका ओलीले पछिल्लो समय संबैधानिक निकायका प्रमुखलाई पालैपालो भेट्दै भेटिरहेका छन् । सरकारले अध्यादेश ल्याएपछि नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । पाटीमा बिबाद भएपछि ओलीले पछिल्लो समय राष्ट्रपतिसँगको भेटवार्ता बढाएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्