अध्यादेशबारे बुझाउँदै प्रधानमन्त्री ओली
काठमाडौं १० बैशाख । अध्यादेशमा पाटीकै नेताहरुको तिब्र असन्तुष्टि बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफललाई तिब्रता दिएका छन् । प्रधानमन्त्री निवास वालुटारमा नेकपाका शीर्ष नेताहरुलाई अध्यादेशबारे बुझाउन छलफलमा जुटेका छन् । छलफलमा प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ लगायत सहभागि रहेको छन् । उनीहरुले प्रदेशका सांसदहरुसँग छलफल गरेका हुन् । पार्टीहरू कानुनले बाँधिन नसक्ने बताउँदै नेताहरूको मन मिलेमा राजनीतिक दलहरू एकताबद्ध भएर जाने र मन नमिलेमा जति कसिकसाउ गरेपनि फुट्ने ओलीको तर्क थियो । प्रधानमन्त्रीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन अध्यादेश, २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ ल्याउनुको औचित्य सांसदहरूलाई जानकारी गराइरहेका छन् । अन्य राजनीतिक दलका लागि आवश्कता परेकाले राजनीतिक दल विभाजन गर्न सहज हुने अध्यादेश ल्याएको बताउँदै आएका प्रधानमन्त्रीले सांसदहरूलाई भने कुनै पनि पार्टीलाई लक्षित गरेर वा कसैलाई फुटाउन लक्षित गरेर नल्याएको दाबी गर्दे आएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #बालुवाटार
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग



तपाईको कमेन्ट लेख्नुहोस्