Techie IT
  • ३ असोज २०८३, शनिबार
KhojPatrika

शंकर पोखरेलले भने– युवालाई सम्बोधन गर्न हामी असफल भयौँ


रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आन्तरिक कमजोरी स्वीकार्दै पार्टीमा अब वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन् ।

केही समयअघिसम्म नेतृत्वको रक्षामा खरोरूपमा उत्रिने गरेका पोखरेलले आइतबार लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित ‘मिशन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा नेताकार्यकर्तासँग खुलेर आत्मालोचना गरे ।

उनले पार्टी शुद्धीकरणसहितको रूपान्तरणमा जोड दिए । महासचिव पोखरेलले कार्यकर्ताको भावना र पार्टीको वृहत्तर हितका लागि खुलारूपले निर्णय गर्न तयार रहेको बताए ।

सामाजिक सञ्जालबाट गलत भास्य बनाइएका कारण एमालेले गरेका राम्रा कामको पनि नकारात्मक प्रचारमात्र बढेको उनको जिकिर थियो ।

कांग्रेसले नचाहेकाले प्रदेशमा नेकपासँग गठबन्धन बाध्यताको परिणाम भएको उनको प्रष्टीकरण छ । आफूहरू कांग्रेससँगै मिल्ने पक्षमा भएपनि कांग्रेसकै आन्तरिक असहमितले त्यो हुन नसकेको पोखरेलले जिकिर गरे ।

महासचिव पोखरेलले सरकारबारे टिप्पणी गर्दै यसको जग लोकप्रियतावाद, अराजकतावाद भएकाले जनस्तरमा त्यो सन्देश पुर्‍याउन कांयर्कतालाई निर्देशन दिए ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्