Techie IT
  • १० साउन २०८३, आईतबार
KhojPatrika

तीन दलीय गठबन्धन मधेसमा कायम रहने मुख्यमन्त्रीको दाबी


काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मधेसमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसहितको तीन दलीय गठबन्धन नै कायम रहने दाबी गरेका छन् ।

सत्ता साझेदार दलहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसँगको सम्बन्धमा कुनै खटपट नआएको बताउँदै उनले मधेसमा आफ्नो नेतृत्वको सरकारलाई कुनै समस्या नरहेको प्रस्ट पारे ।

मुख्यमन्त्री यादवले राजनीतिमा रातारात धेरै ठुलो परिवर्तन आउन सक्ने भएपनि अहिलेसम्म केन्द्र र प्रदेश तहसम्मको सहमति अनुसार मधेसमा ३ दलकै सरकारले निरन्तरता पाउने बताए ।

आफ्नो पार्टीका केन्द्रीय नेतृत्वले प्रतिपक्षबिहीन प्रदेश सरकारको परिकल्पना गर्न नसकिने भनेर तीन दलीय गठबन्धन अस्वीकार गरे पनि मधेसको हकमा त्यो लागु नहुने मुख्यमन्त्री यादवले प्रस्ट पारे ।

अन्य प्रदेशमा यिनै तीन दलमध्ये कुनै एउटा दल बलियो प्रतिपक्ष रहेको जिकिर गर्दै उनले मधेसमा कांग्रेस, एमाले र नेकपा नै सरकारमा जाँदासमेत जसपा नेपाल बलियो प्रतिपक्षका रूपमा रहेकाले यहाँ तीन दलीय गठबन्धन बनाउनु केन्द्रको नीति विपरीत नरहने पनि प्रस्ट पारे ।

मुख्यमन्त्री यादवले मधेसमा यही सरकारले निरन्तरता पाउने दाबी गर्दै अगाडि भने, ‘गठबन्धनमा रहेका दलहरू बिचपनि पहिले नै सहमति भइसकेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं