एपीएफ स्कुलकी लेखा अधिकृत कल्पना गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
काठमाडौं । एपीएफ स्कुलकी लेखा अधिकृत कल्पना गुरुङ र लिलाबहादुर तामाङविरुद्ध १० दिन म्याद थप भएको छ । एपीएफ स्कुल, कीर्तिपुरकी लेखा अधिकृत एवं सशस्त्र प्रहरी निरीक्षक गुरुङ र एमडि एडभेन्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक तामाङलाई थप १० दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको हो ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र १७ बमोजिमको कसुर अपराधको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरिएको थियो ।
आयोगले अनुसन्धानका लागि म्याद थपको अनुमति माग गरेपछि विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले १० दिनको म्याद थप गरेको हो ।
काठमाडौँ जिल्ला अदालतबाट यसअघि भएको म्याद थपको स्थितिलाई समेत गणना गर्दा यो उनीहरूका लागि पाँचौँ पटकको म्याद थप हो । उनीहरूलाई गत असार २० गते जिल्ला प्रहरी परिसरले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो ।
त्यसपछि जिल्ला सरकारी वकील कार्यालय र जिल्ला प्रहरी परिसर, भद्रकालीको पत्रसाथ साउन ८ गते उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरिएको थियो ।
अदालतको पछिल्लो आदेशअनुसार दुवै आरोपीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १शंकर पोखरेलले भने– युवालाई सम्बोधन गर्न हामी असफल भयौँ
- २रुसी नौसेना र आणविक शक्ति निरन्तर बलियो बन्दैछ : पुटिन
- ३एपीएफ स्कुलकी लेखा अधिकृत कल्पना गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
- ४तीन दलीय गठबन्धन मधेसमा कायम रहने मुख्यमन्त्रीको दाबी
- ५मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने



तपाईको कमेन्ट लेख्नुहोस्