एकै दिन ११ जनामा कोरोना संक्रमण, संक्रमतिको संख्या ४२ पुग्यो
काठमाडौं ९ बैशाख । नेपालमा एकै दिन ११ जनामा कोराना संक्रमण पोजेटिभ देखिएको छ । उदयपुरमा मात्रै मंगलबार ११ जना थप कोरोना संक्रमित ब्यक्ती भेटिएका हुन् । एक जना भने स्वाथ्य मन्त्रालयले पत्रकार सम्मेलनमै जानकारी गराएको थियो । ३३ बर्षिय युवकमा कोरोना देखिएको मन्त्रालयले जनाएको थियो । उदयपुरको भत्केस्थित मस्जिदका १० जनाको विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । सोही परिक्षणमा पनि पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरका १०० जनाको पीसीआरको लागि नमुना संकलन भएकामा धरानमा परीक्षण भइरहेको छ । योसँगै उदयपुरमा मात्रै कोरोनासंक्रमितको संख्या २४ जना पुगेको छ । त्यस्तै, कैलालीका अमृत शाही कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । उनीको कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो । उनीसँगै नेपालमा कोरोना संक्रमति ५ जना निको भएर घर फर्किएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #कोराना संक्रमण
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्