समयमै आयोजनाको निर्माण सक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं ६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु तोकिएको समयभन्दा अगाडी नै सम्पन्न गर्न निर्देशन दिएका छन् । बुधबार सिंहदरबारस्थित एक्सन रुमबाट बिभिन्न राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माणको अवस्थाका बारेमा जानकारी लिदै प्रधानमन्त्री ओलीले अन्य आयोजना भन्दा राष्ट्रिय गौरवको आयोजना निकै महत्वपूर्ण रहेको भन्दै निर्धारित समयभन्दा अगाडी नै सम्पन्न हुनेगरि काम गर्न मन्त्री, सचिव, आयोजना प्रमुख लगाएतलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका योजनाहरु गौरवमय हुनुपर्ने समेत बताए । सम्बन्धित मन्त्रीलाई सँगै राखेर प्रधानमन्त्री ओलीले भिडियोमार्फ एक्सन रुमबाटै आयोजनाको अनुगमन गरे । आयोजनाहरुको निर्माण कार्य सन्तोषजनक पाइएको प्रधानमन्त्रीले बताएको ऊर्जा,जलश्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले जानकारी दिए । बुधबार प्रधानमन्त्री ओलीले पोखरा र भैरहवाका अन्तराष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, माथिल्लो तामाकोशी विधुत योजना, भेरी–बवई डाइभर्सन, रानीजमरा, सिक्टा सिंचाई योजनाको जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे बेलाबेला भिडियो कन्फ्रेन्समार्फत जानकारी लिँदै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्रीको निर्देशन
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्