Techie IT
  • २ असोज २०८२, बिहीबार

किन अशुभ भयो संसद भवनको शिलन्यास ?


बुधबार सिंहदरबारभित्र संघिय संसद भवन निर्माणका लागि शिलन्यास भयो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको बिषेश पुजापाठ सहित पुतली बगैंचामा भवन शिलान्यास गरे । भवन निर्माणको लागत  ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ अनुमान गरिएको शहरी विकास मन्त्रालयले निर्माण गर्न लागेको हो । २०६२–६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसद संचालनका लागि उपयुक्त स्थानका रुपमा नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई छानिएको थियो । सरकारले भाडामा प्रयोग गर्दै आएको झण्डै १३ वर्ष भयो । यो अवधिमा सरकारले भाडाबापत नै अर्बौँ रुपैयाँ तिरिसकेको छ । अब भने सरकारले ढिलै भए पनि नयाँ संसद भवन बनाउने भएको छ । सिंहदरबारस्थित पुतली बगैंचामा संसद भवन निर्माण गर्नका लागि शिलन्यास हुँदा नै जोतिषशास्त्रीय दृष्ट्रिकोणले अशुभ मानिएको छ । जोतिष प्रा.डा.रुद्रनाथ अधिकारीले सरकार र संसद भवन शिलन्यासमा दिएका त्रुटिहरु यसरी औल्याएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् हिजोको संसद भवनको शिलान्यासको बारेमा केही भन्न मन लाग्यो। राष्ट्रको प्रशासनिक र नीतिनिर्माणको थलो जस्तो महत्त्वपूर्ण भवनको शिलान्यास गर्दाको मुहुर्त र साइत सबै प्रकारले शुभ हुन पर्ने थियो तर हिन्दु परिवारमा जन्मिएका, हिन्दु र ब्राह्मण कुलको संस्कारमा हुर्केका यो देशका प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिले शिलान्यास सबै प्रकारले अशुभ, गर्नै नहुने त्याज्य समयमा गर्नु अति निन्दनीय र लज्जास्पद रहेको छ।
यो देशको राजनीति र सरकार सधै अस्थिर, बिबादास्पद, र आलोचित हुनुका मुख्य शास्त्रीय दृष्टिकोणले यस प्रकार रहेका छन ।
क. राष्ट्रको कार्यकारीको निवास प्रधानमन्त्री निवास वास्तु दोषले ग्रसित रहनु।
ख. BICC संबिधान जारी भएको भवन  शतप्रतिसत अभिशाप र वास्तु दोष ग्रसित हुनु।
ग. राजनीतिक पाटिहरुको नामाकरण जथाभावी राष्ट्रको नामसंग बाझिने गरी राखिनु।
घ. कुनै पनि महत्त्वपूर्ण निर्णय लिंदा र महत्त्वपूर्ण नीतिनियम र कानूनहरु सदनमा पेश गर्दा ज्योतिषिय परामर्श नलिईकन धर्मशास्त्र र नितिको अवहेलना गरी मनोमानी ढंगले गर्नु र गरिनु।
हिजोको दिनमा शिलान्यास गर्न निम्न कारणहरुले उपयुक्त थिएन ।
१. शुक्र र बृहस्पति अस्त रहेको अवधिमा कुनैपनी भवन आदिको शिलान्यास गर्नु हुदैन।
२. सोह्र श्राद्धमा नैमित्तिक कार्य भन्दा अन्य कुनै शुभकार्यको थालनी गर्न शास्त्रोक्त मानिदैन र हुंदैन।
३. संक्रान्तीको दिन शिलान्यास आदि कार्य गर्न हुंदैन।
४.  रिक्ता तिथि चौथी मा कुनै शुभ र महत्त्वपूर्ण कार्यको थालनी गर्न हुदैन।
५. आश्विन महिनामा गृहारंभ गर्न हुदैन।
६. भरुणी नक्षत्रले युक्त मेष राशिमा चन्द्रमा हुंदा युद्धको आरम्भ भन्दा अन्य कुनै कार्य गर्न हुंदैन।
७. यस्तै बारबेला, तिथि बेला, मुहुर्त बेला इत्यादिको शुद्धता समेत गरिएको छ जो शास्त्रीय दृष्टिकोण बाट पूर्णरुपमा त्यज्या छ।
यसरी हिन्दु संस्कार र संस्कृति मानिआएको देशमा यस्तो निन्दनीय कार्यले के संदेश र संकेत दिएको होला सबैले एकपटक सोच्ने बेला आएको छ।
नयाँ संसद भवन निर्माणको लागत ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ अनुमान गरिएको छ । तर निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण कबुलेको छ । निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने मन्त्रालयको भनाइ छ । मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ । कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार राखिने छ । मुख्य गेटबाट प्रवेश गर्नेवित्तिकै प्लाजामा पुगिनेछ । त्यसको एकापट्टि संसद सचिवालय हुनेछ भने अर्कोको प्रतिनिधिसभाको हल हुनेछ ।

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #jotishi

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं