किन नियन्त्रण गर्न सक्दैन सरकारले डेंगु ?
काठमाडौं १५ भदौ । देशभर फैलदै छ डेंगु । केही दशकदेखि विश्वभर नै डेंगुको संक्रमण बढ्दो छ । पछिल्लो ५० वर्षको तथ्यांकले यो रोगको संक्रमण ३० गुणा बढेको देखिन्छ । विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा देखिदा नेपालमा पनि यसको जोखिम बढ्दो छ । प्रत्येक वर्ष झन्डै ३९ करोड मानिसमा डेंगुको संक्रमण देखिदा २० हजारभन्दा बढी व्यक्तिको मृत्यु यसैका कारण भैरहेको छ । नेपालमा डेंगु सन् २००४ बाट भेटिएको थियो । झापामा भेटिएका पहिलो बिरामी विदेशी नागरिक थिए । त्यसपछि सन् २००६, १०, १६, १७ र १८ मा पनि डेंगु फैलिएको पाइन्छ । यस वर्ष अर्थात सन् २०१९ मा सुनसरी, मोरङ, झापा, चितवन, कास्की र मकवानपुरमा महामारीका रूपमा फैलिएकोमा सुनसरीमा मात्रै तीन हजार दुई सय ६६ बिरामी भेटिए । ११ भदौसम्मको तथ्यांक हेर्दा चार हजार नौ सय ६२ जनामा संक्रमण पाइएको छ । हामीले यहाँ यो तथ्यांक जोखिमको त्रास देखाउन प्रस्तुत गरिरहेका छैनौँ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नै डेंगु नियन्त्रण गर्न अब सेना, प्रहरी परिचालन गर्ने बताइरहँदा सरकारको रोगथाम नियन्त्रणको प्रयास कमजोर छ भन्ने देखिन्छ । नियन्त्रणका लागि सुरक्षा निकाय परिचालनको तयारी गर्नु सरकारकै कमजोरी हो । हुनत खेतबारी, गमला आदिमा झुल लगाउन सकिँदैन, त्यसैले सबैतिर जनचेतना र सचेतनाको खाँचो छ । जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्नसक्ने यो रोग नियन्त्रणमा हामी सबै सचेत बन्नुपर्छ । डेंगुको संक्रमणकाल तीनदेखि दश दिनको हुन्छ । १०२ डिग्री देखि १०३ डिग्रीसम्मको उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने, रातोरातो बिमिरा देखिने भएमा सचेत बन्नुपर्छ । सामान्यतया ज्वरो आएको तीनदेखि पाँच दिनपछि देखा पर्ने डेंगु रोकथामका लागि पानी जम्न सक्ने भाँडाहरू गमला, फूलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिने । पानीका ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ । कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्नुपर्छ । फूलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुईपटक फेर्ने गर्नुपर्छ । एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो पूरा बाहुला भएको वा पूरै शरीर ढाक्ने लुगा लगाउँदा सुरक्षित हुन सकिन्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु उचित हुन्छ । साना केटाकेटीलाई जुनसुकै समयमा झुलभित्रै सुताउने र लामखुट्टे भगाउने मल्हम दल्ने लगायतका सावधानी अपनाऔँ । तीन महिनादेखि फैलिएको डेंगु नियन्त्रण गर्न असफल भएको सरकारले औपचारिक घोषणा गरिरहँदा तपाई हामी हरेक नागरिकमा सचेतनाको आवश्यक छ । सरकारले आफनो कमजोर उपस्थिति देखाउँदा आफू पनि बचौँ अरुलाई पनि बचाउँ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, विचार/लेख, स्वास्थ्य
ट्याग : #dengo
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्