काठमाडौंमा छाडा कुकुरको त्रास, रेविजको डर
काठमाडौं २२ साउन । काठमाडौं उपत्यका समस्यै समस्याको शहर हो भन्दा फरक नपर्ला । यहाँ जति अवसर छ त्योभन्दा बढि समस्या छ । यहाँ नागरिकले दैनिक अनेकौ समस्या भोग्नुपर्ने हुन्छ । त्यस्ता समस्यामध्ये एक हो सामुदायिक कुकुरको विगविगी । काठमाडौं उपत्यकामा बेवारिसे कुकुरहरुको संख्या बढेसँगै उनीहरुको टोकाइबाट पीडित हुनेको संख्या बढेको हो । अहिले उपत्यकामा मात्रै झण्डै तीन सय जना कुकुरको टोकाइको सिकार हुने गरेका छन् । एकिन तथ्याङ्क नभए पनि कुकुरको टोकाइका कारण काठमाण्डौ उपत्यकामा मात्रै वर्षभरीमा ६० जनाको मृत्यु हुने गरेको छ । तर तर वेवारिसे तथा सामुदायिक कुकुर नियन्त्रण भने हुन सकेको छैन । खुला ठाउँमा छोडिएका यस्ता बेबारिसे कुकुरले सर्वसाधारणलाई टोकेर हैरान बनाउने गरेको छ । शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेका दैनिक सयौ विरामी आउने गरेका छन् । यि हुन्, कुकुरको टोकाइको सिकार भएकी ९ बर्षिय विनिता भूजेल । अर्का एक बालक पनि कुकुरले टोकेपछि अस्पताल ल्याइएको छ । उनीहरु कोही खेल्दै थिए भने कोही शैचालयबाट फर्किने क्रममा कुकुरले टोकेपछि अस्पताल आईपुगेका छन् । कुकुरको टोकाइकै कारण आईतबार मात्र २ जनाको मृत्यू भयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा.वासुदेव पाण्डेका अनुसार बर्षेनी कुकुरको टोकाईबाट लाग्ने रेजिब रोगबाटै करिव ५० जना भन्दा बढीको ज्यान जाने गरेको छ । रेविज लागेको सात देखि १० दिन भित्र विरामीको मृत्यू हुने गर्दछ । काठमाण्डौ उपत्यकाका दुई प्रमुख महानगरपालिका काठमाण्डौ र ललितपुरले कुकुरहरुको संख्या नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको धेरै भयो । तर काम भने हुन सकेको छैन । बन्ध्याकरण विधिमार्फत बेवारिसे कुकुरहरुको व्यवस्थापन गर्नका लागि वर्षेनी मोटो रकम खर्च भइरहेको छ । तर, नतिजा भने शुन्य जस्तै । नागरिकले दैनिक भोग्ने समस्या समाधानका लागि अब भने गम्भीर बन्ने की ?
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #dog
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्