किन संसद बैठक फेरि अवरोध गर्न लागे बिपक्षी
काठमाडौं १३ साउन । संसद बैठक फेरि अवरोध गर्ने बिपक्षीले तयारी गरेका छन् । सोमबार दिउँसो १ बोलाइएको बैठक बिपक्षीले अबरोध गर्ने तयारी गरेका हुन् । नेपाली कांग्रेससहितका विपक्षी दलले कुमार पौडेल हत्याको विषयलाई लिएर बैठक अवरुद्ध गर्ने तयारी गरेको बताइएको छ । भिडन्तमा मारिएको भनिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पौडेलको हत्याका बारेमा छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने कांग्रेससहितका विपक्षी दलको माग छ । उनीहरुले यहि माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन्, तर, सरकार यसमा सहमत भएको छैन । गएको बुधबार बाढी तथा पहिरोका कारण देशभर भएको क्षतिबारे जरुसी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्न संसद बैठक सुचारु भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #samsad
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्