त्रिभुवन बिमानस्थलको धावनमार्गमा यतीको जहाज चिप्लियो, उडान अवरुद्ध
काठमाडौं २७ असार । नेपालगञ्जबाट काठमाडौ आएको यती एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा चिप्लिएको छ । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार धावनमार्गमा चिप्लिएको हो । यात्रुलाई सकुशल बाहिर निकालिएको बिमानस्थलले जानकारी दिएको छ । विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमान उडान अवरुद्ध बनेको छ । वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन अझै केही समय लाग्ने जनाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #biman durghatana
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्