पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु
कपिलबस्तु ३ असार । कपिलवस्तुको शिवराज नगरपालिकामा पौडी खेल्ने क्रममा तीन जनाको ज्यान गएको छ । मंगलबार दिउँसो पौडी खेल्नेक्रममा हल्लानगरस्थित सुरई नदीको रहमा डुबेर तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा बिजयनगर गाउँपालिका अन्दाजी १७ बर्षका आशिष भट्टराई, सोही ठाउँका १८ बर्षीय सुमित सुनार र सोही ठाउँकै १७ बर्षीय निरन्जन भुसाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पौडी खेल्नका लागि चार जना गएपनि एक जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्