किन बढ्यो यति छिट्टै १२ प्रतिशत सार्वजनिक सवारीको भाडा
काठमाडौं ३० जेठ । सरकारले सार्वजानिक यातायातका भाडा बृद्धि गरेको छ । सरकारले हाल कायम भाडामा १२ प्रतिशतले बृद्धि गरेको यातायात व्यवस्था विभागले जानकारी दिएको हो । सार्वजनिक सवारी साधनमा असार १ गतेबाट लागू हुने गरी सबै खाले भाडा वृद्धि भएको हो । विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतलाई आधार बनाएर नयाँ भाडादर कायम भएको जनाएको छ । भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल समेत गरेको थियो । उक्त छलफलपछि भाडा बृद्धि गर्ने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । बिहिबार यातायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गर्ने निर्णय गरि गरिएको विभागले जनाएको छ । लामो समयदेखि यायायात व्यवसायीले भाडादर समायोजन गर्ने माग गर्दै आएका थिए । सोही अनुसार भाडादर समायोजन गरिएको विभागले जनाएको छ । ६ महिनाअघि पनि सवारी साधनमा भाडा बढाइएको थियो । यति छिट्टै भाडा बढाएपछि यात्रुहरु भने मर्कामा परेका छन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #vadha badyo
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्