रहस्यमै १८ बर्ष बित्यो राजदरवार हत्याकाण्ड
काठमाडौं १९ जेठ । २०५८ जेठ १९ गते । अर्थात १९ वर्षअघि आजकै दिन तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको दरवार हत्याकाण्ड १८ बर्ष बितेको छ । तर, अझै पनि दरबाहत्या काण्ड कसरी भयो कसले ग¥यो भन्ने रहस्यमै रहेको छ । ‘दरवार हत्याकाण्ड’ का रुपमा परिचित यो घटना भएको आज १८ वर्ष पूरा भएर १९ वर्ष लागेको छ । घट्नामा राजा वीरेन्द्र शाहसहित उनको परिवारका १० जना सदस्यको हत्या भएको थियो जसलाई अझै पनि ‘दरबार हत्याकाण्ड’का नामले चिनिन्छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त यो घटनालाई ‘ग्राण्ड डजाइन’को संज्ञा नै दिएका थिए । तर, त्यो हत्याकाण्डको ग्राण्डडिजाइन कसले गरेको हो भन्ने अझै खुल्न सकेको छैन् । नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो । यो घट्नामा पूर्वराजा ज्ञानेन्द्र, पत्नि कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।

दरवार हत्याकाण्डको छानबिन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र तत्कालिन नेकपा ९एमाले० नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । समितिले पेश गरेको प्रतिवेदनमा देवयानी राणासँग प्रेम सम्बन्धमा रहेका युवराज दीपेन्द्रले उक्त हत्या गरेको देखाएको थियो । प्रतिवेदनमा देवयानी र आफूबीचको विवाहको प्रस्तावलाई राजपरिवारले अस्वीकार गरेकाले हत्याकाण्ड मच्चाएको प्रतिवेदनमा उल्लेख छ । तर, उक्त प्रतिवेदनप्रति आमजनता अझै विश्वस्त हुन सकिरहेका छैनन् । यो अवधिमा दरबार हत्याकाण्डको रहस्य खोल्ने भन्दै धेरै पुस्तकहरु पनि लेखिए तर, हत्या यसैले गरेको हो भनेर कसैले किटान गर्न सकेका छैनन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #darbar hatya kanda
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्