पहिलो पटक त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण
काठमाडौं १८ जेठ । त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण भएको छ। अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डाक्टर रमेशसिंह भण्डारीको नेतृत्वको टोलीले शुक्रबार ५८ वर्षका बिरामीमा कलेजो प्रत्यारोपण गरिएको हो । डाक्टर भण्डारीले लिभर सिरोसिस भएर कलेजो बिग्रिका ५८ वर्षका बुवालाई ३३ वर्षकी छोरीले कलेजो दान गरेको जानकारी दिए । शल्यक्रियामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीसहित करिब ५० जनाको टोली सहभागी भएको थियो। सर्जरीमा डाक्टर भण्डारीको नेतृत्वमा १२ जना डाक्टर सामेल थिए। उनले प्रत्यारोपणका लागि १२ देखि १३ घण्टा लागेको समेत बताए। डाक्टर भण्डारीले अब नियमित रुपमा कलेजो प्रत्यारोपण गर्ने पनि बताए । कलेजो प्रत्यारोपण कै लागि भनेर बिरामी देश बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको पनि उनको भनाई थियो । त्यसैगरी, डाक्टर भण्डारीको टोलीलाई सघाउन भारतस्थित अपोलो अस्पतालबाट टोली आएको थियो। अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको हो। यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएतापनि केन्द्रले प्रत्यारोपणलाई निरन्तरता दिन सकेको छैन।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #teaching hospital
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्