छुट्टा छुट्टै सवारी दुर्घटनामा आठ जनाको ज्यान गयो
काठमाडौं २५ चैत । अर्घाखाँची जिल्लाको नुवाकोटको लात्तेबाजमा भएको जीप दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन् । लु १ ज १२२९ नम्बरको जीप दुर्घटना हुँदा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षीया मोनिका आचार्य, सोही गाउँपालिकाकै ५२ वर्षीय धनबहादुर रानाको घटनास्थलमै ज्यान गएको थियो । जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा सन्धिखर्क नगरपालिका डिभर्नाका ३ वर्षीय प्रिन्स श्रेष्ठको तथा बुटवलमा प्रिन्सकी ३३ वर्षीया आमा विष्णुमाया श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते ८ जनालाई बुटवल पठाइएको छ भने तीन जनाको सन्धिखर्कमा उपचार भइरहेको छ ।
त्यस्तै, धरानमाबस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । उपमहानगरपालिका १३, जिरो प्वाइन्ट नजिकमा सोमबार दिउँसो बस दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गएको हो । ब्रेकफेल भएर पाँच सय मिटर अगाडिदेखि अनियन्त्रित हुँदै आएको ना६ख २७१३ नम्बरको बस जिरो प्वाइन्ट नजिकैको बिजुली पोलमा ठोक्किएर दुर्घटना हुँदा चालक छत्रबहादुर गुरुङसहित चार जनाको ज्यान गएको हो ।
यसैगरी दुर्घटनामा धनकुटा चौबिसे–१ डाँडाबजारका दलबहादुर मगर, मोरङ केराबारी–९ की यामकुमारी मगर र उनको ८ वर्षीया छोरी डेनी मगरको पनि ज्यान गएको छ । धरान उपमहानगरपालिका ८ का चालक गुरुङ लामो समयदेखि पहाडी रुटमा बस चलाउँदै आएका थिए । गुरुङले बसको ब्रेक फेल भएको थाहा पाएपछि क्षति कम गराउन खोजेको प्रहरीको भनाइ छ । जिरो प्वाइन्टबाट दक्षिणतर्फ बाक्लो बस्ती छ । गाडी बजार प्रवेश गरेको भए अझ बढी क्षति हुने सम्भावना थियो । दुर्घटनामा घाइते हुनेको सङ्ख्या ३९ पुगेको छ । उनीहरुकोे उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #dhurghatana
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्