डाक्टरको काम आन्दोलन कि उपचार ?
काठमाडौं २५ चैत । सरकारी अस्पतालका चिकित्सक यतिबेला बिरामीको उपचार गर्न छोडेर आन्दोलनमा छन् । उनीहरुले स्वास्थ्य क्षेत्रको कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी स्वास्थ्य संस्थामा कार्यरत डाक्टरले आकस्मिक बाहेकको स्वास्थ्य सेवा बन्द गराएका छन् । जसले बिरामी उपचार नपाएर छटपटाई रहेका छन् भने डाक्टर आन्दोलन गरिरहेका छन् । सबै प्रदेशमा समान तरिकाले डाक्टर खटाएर समायोजन गर्नुपर्ने आफ्नो माग सरकारले सुनुवाई नगरेपछि शुक्रबारदेखि सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको सेवा बन्द ठप्प छन् । गएको फागुन १८ गते गोदान र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सबै प्रदेशसमा समान तरिकाले डाक्टर पठाउने सहमति भए पनि ब्यवहारमा त्यस्तो नभएको उनीहरुको गुनासो छ । आफ्नो माग पूरा नहुँदासम्म आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने संघले जनाएको छ । देशभर झण्डै १४ सय सरकारी डाक्टर छन् । सरकारी डाक्टरले आ–आफ्नो स्वास्थ्य संस्थामा दबाबमुलक कार्यक्रम सञ्चालन गर्ने पनि जनाएका छन् । यसअघि संकलन गरिएका राजीनामा पत्रसमेत सरकारलाई बुझाउने उनीहरूको कार्यक्रम छ । पटक पटकको बिभिन्न बाहना र मागमा डाक्टर नै आन्दोलनमा उत्रिन थालेपछि उनीहरुको काम के हो भन्ने प्रश्न बिरामीहरुले गर्दे आएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #aandolan
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्