त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति १० देखि बिहान ८ बजेसम्म बन्द
काठमाडौं २० चैत । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गको पुनर्निर्माणको काम सुरु भएपछि राति दशदेखि बिहान ८ बजेसम्म बन्द गरिएको छ । पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले बुधबार एक कार्यक्रमका बीच विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गको पुनर्निर्माण कार्यको शुभारम्भ गरेका हुन्। विमान उडानमा समेत समस्या देखिएपछि वर्षा लाग्नु अघि नै सम्पन्न हुनेगरी सो विमानस्थलको धावन मार्ग पुनर्निर्माणको काम सुरु गरिएको इन्जिनियर बाबुराम पौडेलले जानकारी दिए। ‘चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशन’ले १८ महिनाभित्र सम्पन्न हुने गरी सो निर्माण कार्यको जिम्मेवारी लिएको छ। राज्यमन्त्री बुढाले सन् २०२० मा आयोजना हुने ‘नेपाल भ्रमण वर्ष’लाई सफल बनाउन पनि सरकारले सो विमानस्थलको धावन मार्ग पुनर्निर्माणको कामलाई प्राथमिकता दिएको समेत जानकारी दिए । तीन हजार मिटर लम्बाई तथा ४५ मिटर चौडाई रहेको सो विमानस्थलको धावन मार्ग सन् १९७५ सालमा स्थापना भएयता पहिलो पटक पुनर्निर्माण गर्न सुरु गरिएको हो। तीन अर्ब ७५ करोड लागतमा पुनर्निर्माण सुरु गरिएको हो ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि
- २अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- ३प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ४इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ५मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल



तपाईको कमेन्ट लेख्नुहोस्